काठमाडौं । सुनवलमा एक युवकले कोदालो प्रहार गरी दुई जनाको हत्या गरेका छन् ।
सुनवल नगरपालिका–२, अवरैयामा २७ वर्षीय हेमराज थारुले आफ्नै बुबा ५० वर्षीय जयराम थारू र ७० वर्षीय छिमेकी नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार हेमराजले बुबा जयराम थारूको घाँटीमा कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।
त्यसपछि उनले छिमेकी नाथु धरिकारलाई पनि टाउको र घाँटीमा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।
हत्या बारे थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।