काठमाडौं । ४५ लाख बढी मूल्यको सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्।
झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र ०३–००१–ख ३१३९ नम्बरको यात्रुबाहक बसमा सवार उनलाई जाँचका क्रममा काठमाडौंको नागढुंगा चेक प्वाइन्टबाट पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।
प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले बसमा जाँच गरेको थियो।
पक्राउ परेका भारतीय नागरिक ३१ वर्षका महादेव सामन्तको साथमा २७४.८३ ग्राम सुन बरामद भएको छ।
थप अनुसन्धान एवम् कारबाहीका लागि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको प्रहरीले जनाएको छ ।
उनको साथबाट बरामद सुनको मूल्य आजको दिनमा ४५ लाख ६३ हजार ८२६ रुपैयाँ पर्ने नेपाल रत्न तथा आभूषण संघले जनाएको छ।