Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रधानमन्त्रीलाई झुक्याएर देशभरका गुप्तचर प्रमुखहरूको सरुवा

प्रधानमन्त्रीलाई झुक्याएर देशभरका गुप्तचर प्रमुखहरूको सरुवा

शुक्रवार , जेठ २४, २०८२

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले सबै जसो जिल्लाका गुप्ततर प्रमुखको सरुवा गरेका छन्। सरुवामा व्यापक चलखेलको आरोप लागेको छ ।

एसपी र डिएसपीहरुको सरुवामा प्रधानमन्त्रीलाई समेत थापाले झुक्याएका छन् । हालै मात्र प्रधानमन्त्री कार्यालयमा सरुवा भएका सचिव गोविन्द कार्कीलाई गलत ब्रिफिङ गरेर उनले सरुवा निकालेका हुन् ।

स्रोतका अनुसार सरुवाअघि उनले प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीलाई २५ हजार पर्ने जुत्ता उपहार दिएका थिए ।

कमजोर क्षमता भएकालाई महत्वपूर्ण जिल्लाको प्रमुख बनाइएको छ भने चलखेलमा नलाख्नेलाई दुर्गम खेदिएको छ ।

एसपी टेकराज तिमल्सिनालाई विगत चार वर्षदेखि भक्तपुरमा बस्दै आएकोमा अहिले पनि उनलाई त्यही राखिएको छ ।

आगामी भदौमा अवकाश पाउन लागेका थापाले जाने बेलामा सरुवाबाट पैसा उठाएको चर्चा गुप्तचरमा छ ।

त्यसैगरी झापामा उमेश पाण्डे, मोरङ्गमा राजन शर्मा सापकोटा, सुनसरीमा विमल घिमिरे, धनुषामा तिलक प्रसाई, सप्तरीमा कुलचन्द्र नेपाल, मकवानपुरमा हेमन्त कार्की र काभ्रेमा दीपक खड्कालाई पठाइएको छ।

त्यस्तै चितवनमा सुरेश तिवारी, तनहुँमा मनोज ढकाल, कास्कीमा मोहन कुँवर, रूपन्देहीमा प्रकाश आचार्य, बाँकेमा हरिस विष्ट, कपिलवस्तुमा हिरण्य कुँवर,
बर्दियामा रमेश सिंह डांगी र कैलालीमा महेश बोहराको सरूवा भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077