Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रहरी निरीक्षक आधारभूत तालिम सुरु

प्रहरी निरीक्षक आधारभूत तालिम सुरु

शुक्रवार , जेठ २४, २०८२

काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम सुरु भएको छ । महानिरीक्षक दीपक थापाको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा शुक्रबार आधारभूत तालिम उद्‍घाटन भएको हो ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नागरिकबाट कुशल प्रहरी अधिकृतको रूपमा संगठन तथा राष्ट्रको लागि महत्त्वपूर्ण योगदान दिन आग्रह गरे ।

अनुशासित, मर्यादित, लगनशील र धैर्यवान् भई उच्च मनोबलका साथ काम गर्नुपर्नेमा उनले जोड दिए ।

अहिलेको बदलिँदो परिस्थितिमा ज्यादै चुनौतीपूर्ण रहेको बताउँदै उनले तालिमबाट प्राप्त ज्ञान सीप र कौशल व्यावसायिक प्रहरी जीवनमा आइपर्ने जस्तोसुकै कठिन परिस्थितिलाई पनि सामना गर्न प्रभावकारी हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077