Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

डोटीका सुरज अझै सप्तकोसी नदीमा बेपत्ता

डोटीका सुरज अझै सप्तकोसी नदीमा बेपत्ता

शनिवार , जेठ २५, २०८२

सुनसरी । विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोसी नदीमा बेपत्ता भएका एक जनाको खोजी जारी छ ।

नदीमा बेपत्ता सशस्त्र प्रहरी बलका दुईमध्ये एकजनाको शव फेला परिसकेको छ ।

बेपत्ता भएका दन्तकाली विशेष कार्यतालिम शिक्षालय सप्तरीमा कार्यरत हरेदेव राजवंशीको शव शुक्रबार सप्तकोसी किनारमा फेला परेको थियो ।

डोटीका सुरज साउद अझै बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।

सशस्त्र प्रहरी बलका गोताखोर र तालिम प्राप्त विपद् व्यवस्थापनको टोली परिचालन गरी साउदको खोजीकार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077