Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

‘तँ’ भनेको निहुँमा महिलामाथि सईको कुटपिट, विभागीय छानबिन सुरु

‘तँ’ भनेको निहुँमा महिलामाथि सईको कुटपिट, विभागीय छानबिन सुरु

शनिवार , जेठ २५, २०८२

कैलाली । कैलालीको टीकापुरमा प्रहरी सई यज्ञराज पन्तले ‘तँ’ भनेर सम्बोधन गरेको निहुँमा एक महिलामाथि कुटपिट गरेका छन्।

टीकापुर-७ मा स्कुटी रोकिएकी राजकुमारी कुँवर शाहलाई शुक्रबार अपरान्ह प्रहरीले हातपात गरेको भिडियो सार्वजनिक भएको छ ।

प्रहरी हवल्दार सुरेन्द्र बोहरासँग सामान्य भनाभनपछि सई पन्तले प्रहरीले पोसाकमै नरही महिलामाथि हातपात गरेका हुन् । प्रहरीले महिलालाई जबरजस्ती नियन्त्रणमा समेत लिएको थियो।

घटनापछि दुबै पक्षबीच राति छलफल भए पनि महिला कारबाहीको मागमा अडिग छिन्।

कैलाली प्रहरी प्रमुख एसपी बालनरसिंह राणाले दोषी देखिएका सई पन्त र हवल्दार बोहरालाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर छानबिन थालेको जानकारी दिएका छन् ।

उनले भिडियो हेर्दा प्रहरीको गल्ती देखिएको र विभागीय कारबाही हुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077