Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कोहलपुरमा प्रहरी नै मोबाइल पसल लुटपाटमा संलग्न भएको आशंका

कोहलपुरमा प्रहरी नै मोबाइल पसल लुटपाटमा संलग्न भएको आशंका

शनिवार , जेठ २५, २०८२

काठमाडौं । बाँकेमा मोबाइल पसलमा लुटपाट हुनुका साथै पसल सञ्चालकलाई नियन्त्रणमा लिई पैसा असुलिएर छाडिएको छ।

कोहलपुरको पुरानो बसपार्कमा रहेको थ्रिस्टार मोबाइल पसलमा लुटपाट भएको हो। घटनामा प्रहरीहरु नै संलग्न भएको आशंका गरिएको छ ।

शनिबार दिउँसो साढे तीन बजे एक टोली सो पसलमा पुगेको थियो । आफुहरू नार्कोटिक्स ब्यूरोबाट आएको र लागुऔषधमा फसाइदिने भन्दै पसल सञ्चालक लक्ष्मण कुँवरलाई कोहलपुर– पिपरीमा लगेर बार्गेनिङ गरी पैसा असुलेका थिए।

पसलमा छापा हान्ने बेलामा त्यहाँ रहेका सिसिक्यामेराको तार समेत काटिएको खुलेको छ। घटनामा सफिक खानका साथै बर्मा र चौधरी थरका प्रहरी संलग्न रहेको स्रोत बताउँछ ।

कसैलाई खबर गरे सिध्याइदिने धम्की मोबाइल पसलेलाई दिइएको छ । पसलमा अवैध गतिविधि गरेको भन्दै उनीहरुले त्यसरी पक्राउ गरेर पैसा असुलेका हुन् ।

हाल इप्रका कोलहपुरकी डिएसपी लक्ष्मी खनाल छिन्। उनले घटनाको कत्तिको निष्पक्ष अनुसन्धान गर्न पाउँछिन् प्रतिक्षाको विषय छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077