Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सप्तकोशीमा बेपत्ता गोताखोर साउदको शव तीन दिनपछि भेटियो

सप्तकोशीमा बेपत्ता गोताखोर साउदको शव तीन दिनपछि भेटियो

आइतवार , जेठ २६, २०८२

काठमाडौं । सत्तकोशीमा बेपत्ता भएका गोताखोर सुरज साउदको शव तीन दिनपछि फेला परेको छ ।

उनको शव कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक भेटिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

कुरिनटारबाट गएको सशस्त्र प्रहरी बलको अनुभवी गोताखोर डीएसपी पुरुषोत्तम भण्डारीको टोलीले शव फेला पारेको हो ।

पूर्वअभ्यासका क्रममा २२ जेठमा साउद र अर्का गोताखोर हरदेव सिंह राजवंशी सप्तकोशीमा बेपत्ता भएका थिए ।

सिंहको शव भोलिपल्ट २३ जेठमा भेटिएको थियो । साउद भने बेपत्ता थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077