Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

आइतवार , जेठ २६, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध ३३ करोड बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दर्ता गर्ने निर्णय गरेको छ ।

अख्तियार स्रोतका अनुसार आयोगले विशेष अदालतमा मुद्दा दर्ता गर्दैछ ।

[insert page='291558' display='yopanipadhnuhos.php']

नेपाल टेलिकमको बिलिङ प्रणाली, मर्मत शुल्कलगायतमा भ्रष्टाचार भएको भन्दै अख्तियारले मुद्दा लगेको हो।

पहाडी लगायतले नेगोसियसनको नाममा बिलिङ प्रणालीमा चिनियाँ कम्पनी एसिया इन्फोसँग मिलेर वर्षेनी करोडौं रकम टेलिकमलाई घाटा पुर्याएको अख्तियारको निष्कर्ष छ ।

टेलिकममा सुनिल पौडेल प्रवन्ध निर्देशक छँदा पहाडीले विलिङ प्रणालीको ठेक्कामा नेगोसिएसन कमिटिमा बसेर एशिया इन्फोलाई वार्षिक करोडौं रकम दिने निर्णय गराई हानी पुर्याएकी थिइन् ।

पौडेल र पूर्व मुख्यसचिव बैकुण्ठ अर्याललाई समेत अख्तियारले प्रतिवादी बनाएका मुद्दा दायर गरेको छ ।

पौडेल भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दामा निलम्बन भएपछि २०८१ भदौमा सरकारले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077