Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

हैदराबादमा प्रेमिकाको बिभत्स हत्या, शव लगेजमा हालेर फालेको आरोपमा नेपाली युवक पक्राउ

हैदराबादमा प्रेमिकाको बिभत्स हत्या, शव लगेजमा हालेर फालेको आरोपमा नेपाली युवक पक्राउ

आइतवार , जेठ २६, २०८२

काठमाडौं । भारतको हैदराबादमा आफ्नै प्रेमिकाको विभत्स हत्या गरेको आरोपमा एक जना नेपाली युवक पक्राउ परेका छन्।

भारतीय सञ्चारमाध्यम इण्डिया टुडेका अनुसार लिभिङ टुगेदरमा रहेकी नेपाली प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको आरोपमा हैदराबादको बाचुपल्ली क्षेत्रबाट ३० वर्षीय नेपाली नागरिक विजय टोप्पा (विल्सन)लाई हैदराबाद प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार विजयले ताराको हत्या गरी लगेज (ट्राभल ब्याग)मा हालेर फालेको शव जुन ४ मा भेटिएपछि घटनाको खुलासा भएको हो ।

विजयसँग फेसबुकमार्फत चिनजान भएपछि तारा अप्रिल १५ मा हैदराबाद गएर उनीसँग बोवरमपेटस्थित एउटा कोठामा बस्दै आएको प्रहरीले जनाएको छ।

विजय हैदराबादको एउटा रेस्टुरेन्टमा शेफका रूपमा कार्यरत थिए। तारा भने विवाहित र दुई छोराछोरीकी आमा थिइन्।

प्रहरीका अनुसार मे २३ मा उनीहरूबीच तारा गर्भवती भएको विषयमा भनाभन हुँदा विजयले नाइलनको डोरो प्रयोग गरी उनको घाँटी कसेर हत्या गरेको भेटिएको छ ।

त्यसपछि विजयले शवलाई ट्राभल ब्यागमा हालेर सुनसान स्थानमा फालेका थिए । स्थानिय चौकीदारले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अनुसन्धानका लागि पाँचवटा विशेष टोली गठन गरेर विजयको खोजी थालेको थियो ।

सीसीटीभी फुटेज र प्रविधिको सहायताले विजयलाई मेडचल जिल्लामा फेला पारिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउपछि सोधपुछका क्रममा विजयले अपराध स्वीकार गरेका छन्। उनलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077