Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पोखराको बीच सडकमा रगतसहित युवकको शव फेला

पोखराको बीच सडकमा रगतसहित युवकको शव फेला

सोमवार , जेठ २७, २०८२

काठमाडौं । पोखरा महानगरपालिका वडा नम्बर १५ वन विज्ञान अध्ययन संस्थान नजिकैको बीच सडकमा रगतसहित युवकको शव फेला परेको छ ।

रगतसहित अनुहार र शरीरमा चोट लागेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा शवसहित हथौडासमेत भेटिएको र प्रहार गरिएका चोटहरु शरीरमा रहेकाले हत्या भएको पुष्टि हुने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पहिचान नखुलेको युवकको बीच सडकमा उत्तानो परेको शव हेर्दा हथौडा प्रहार गरेर हत्या भएको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार बिहानै तालिमप्राप्त कुकुरमार्फत पनि अनुसन्धान थालेको र अहिलेसम्म घटना रहस्यमय देखिएको छ ।

आज बिहान ४ वा साढे ४ बजेतिर घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077