Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पतञ्जली प्रकरणमा उपेन्द्र महतो पनि छानविनमा तानिने

पतञ्जली प्रकरणमा उपेन्द्र महतो पनि छानविनमा तानिने

सोमवार , जेठ २७, २०८२

काठमाडौं । भारतका बिवादास्पद योगगुरु बाबा रामदेवको कम्पनी पतञ्जलीले नेपालमा अनेक बदमासी गरेको खुलेको छ । भारतबाट पैसा ल्याउने प्रक्रियादेखि नेपालमा त्यसको लगानीमा अनियमितता भएको छानविनले देखाएको छ ।

कम्पनीले मन्त्रिपरिषद्लाई नै प्रभावमा पारेर हदबन्दीभन्दा धेरै जग्गा बिक्री गरेको प्रकरणमा गत साता बिशेष अदालतमा मुद्दा दायर भइसकेको छ । सो कम्पनीको दर्ता तथा आर्थिक परिचालनको विषयमा छुट्टै अनुसन्धान भइरहेको छ।

कम्पनी दर्तामै नियम मिचिएको देखिएपछि त्यसमा छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धानआयोगले उद्योग मन्त्रालयलाई पत्राचार गरेको छ । साथै सो कम्पनीले भारतबाट ल्याएको रकम शंकास्पद रहेको भन्दै त्यसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले छानविन थालेको छ ।

रेमिटेन्सका नाममा सो कम्पनीले भारतबाट अरबौं रकम नेपाल ल्याएर जग्गामा लगानी गरेको थियो । सो कम्पनीको १० जिल्लामा २५ सय रोपनी जग्गा छन् ।

कालोधनलाई शुद्धीकरणका लागि त्यसरी नेपालमा ल्याएर जग्गामा लगानी गरिएको आशंका छ । भारतमा करछली लगायत विविधि विषयमा पतञ्जलीविरुद्ध मुद्दा दायर भएका छन् ।

नेपालमा पाइला पाइलामा सो कम्पनीले कानून मिचेको छ ।

मन्त्रिपरिषद्लाई नै सो कम्पनीले कसरी प्रभावमा पार्न सक्यो ?

स्रोतका अनुसार यसमा व्यवसायी उपेन्द्र महतो समेत जोडिएका छन् ।

पर्दापछाडीबाट उनले नै सो कम्पनीको अरबौं रकम नेपाल भित्राएर विभिन्न क्षेत्रमा लगानी गराएका हुन्। केही रकम उनको निजी कम्पनीमा समेत रहेको स्रोत बताउँछ ।

सिआइबीले सो कम्पनीले भारतबाट कति रकम ल्यायो र कहाँ परिचालन गर्यो भन्ने विषयमा विस्तृत अनुसन्धान गरिरहेको छ । यसमा निष्पक्ष अनुसन्धान भएमा महतो पनि तानिने निश्चित छ ।

सो कम्पनीका हर्ताकर्ता रहेका शालिकराम सिंह महतोकै सहयोगी हुन् । कुनै समय उनी महतोकै घरमा बस्दथे । गाडी ऋण नतिरेर बैंकको कालोसूचीमा परेका सिंह पतञ्जलीमा जोडिएपछि रातारात अर्बपति बनेका थिए ।

सिआइबी स्रोतका अनुसार एभरेष्ट र नेपाल एसबीआई बैंकको समेत यसमा बदमासी देखिएको छ । गैरकानूनी र शंकास्पद कारोबारलाई उनीहरुले साथ दिएर सम्पत्ति शुद्धीकरणमा सघाएको देखिन्छ ।

सो कम्पनीले मन्त्रिपरिषबाटै निर्णय गराएर काभ्रेपलाञ्चोकको साँगामा ५५४ रोपनी जग्गा बिक्री गरेको घटनामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितलाई मुद्दा दायर गरिसकेको छ ।

कम्पनीले अन्य जिल्लामा राखेको जग्गाको विषयमा आायोगले छुट्टै अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077