Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

म्यानपावर नवीकरण गर्दा ‘गुगल लोकेसन’ अनिवार्य

म्यानपावर नवीकरण गर्दा ‘गुगल लोकेसन’ अनिवार्य

सोमवार , जेठ २७, २०८२

काठमाडौं । वैदेशिक रोजगार विभागबाट इजाजत प्राप्त संस्था (म्यानपावर) नवीकरण गर्दा संस्था रहेको डिजिटल ठेगाना खुल्ने गरी ‘गुगल प्लस कोड’ उपलब्ध गराउनुपर्ने भएको छ ।

विभागले सोमबार एक सूचना प्रकाशन गर्दै संस्थाको वेबसाइटमा समेत गुगल लोकेसन अनिवार्य राख्नुपर्ने प्रावधान गरेको छ ।

यसरी राखिएको लोकेशन अनुसार सो संस्थामा जाने सेवाग्राही र विभागको अनुगमनमा समेत सहजता आउने र एक्काइसौं शताव्दीमा सूचना प्रविधिको उच्चतम् प्रयोग गर्नुपर्ने विभागले जनाएको छ ।

विभागले जेठ २६ गते प्रकाशन गरेको सूचनामा भनिएको छ–‘वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली २०६, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ एवम् प्रचलित कानून बमोजिम सम्बन्धित निकायमा दर्ता भई वार्षिक रुपमा नवीकरण गर्नुपर्ने वैदेशिक रोजगार सम्बन्धी काम गर्ने इजाजत प्राप्त संस्थाहरु, स्वीकृति प्राप्त शाखा कार्यालयहरु, अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरु, केयर गिभर सम्बन्धी सिप विकास तालिम प्रदायक संस्थाहरु, घरेलु कामदार सम्बन्धी सिप विकास तालिम प्रदायक संस्थाहरु, वैदेशिक रोजगारमा जाने कामदारहरुलाई सिपमूलक तालिम प्रदान गर्ने संस्थाहरु एवम् खास देश पठाउनको लागि सूचीकृत भएका संस्थाहरुले तत् तत् कानून बमोजिम तोकिएको समयावधि भित्र इजाजतपत्र/अनुमतिपत्र नवीकरण गर्नु हुन अनुरोध छ । अन्यथा कानून बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरेको छ ।’

विभागले नवीकरण गर्दा आवश्यक पर्ने आधारभूत कागजातको अतिरिक्त गुगल प्लस कोड एवं गुगल लोकेसन र मौजुदा सबै सञ्चालक एवम् कार्यरत कर्मचारीहरुको विवरण समेत निवेदन साथ पेश गर्नु पर्ने व्यवस्था विभागले गरेको छ ।

विभागले यस अघिका वर्षहरुमा प्रत्येक वर्ष सूचना निकालेर कानूनमा भएको व्यवस्थालाई आव्हान गर्ने गरेकोमा यस वर्षदेखि प्रचलित कानूनमा भएको प्रावधान बमोजिम सम्बन्धित संस्थाले अद्यावधि गर्नुपर्ने विभागका महानिर्देशक कमलप्रसाद भटराइले जानकारी दिएका छन् ।

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले कानूनमा भएको व्यवस्था अनुसार प्रत्येक वर्ष असार महिनाभित्र इजाजत प्राप्त संस्था एवं अभिमुखीकरण तालिम प्रदायक संस्था नवीकरण गरिसक्नुपर्ने बताएका छन् । असोज मसान्तभित्र म्यानपावरका शाखा कार्यालय नवीकरण गरिसक्नु पर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077