Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

ऋण दिँदा घुस लिएको आरोपमा नेपाल बैंकका पूर्वअध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

ऋण दिँदा घुस लिएको आरोपमा नेपाल बैंकका पूर्वअध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

सोमवार , जेठ २७, २०८२

काठमाडौं । नेपाल बैंकका पूर्वअध्यक्ष डा. चन्द्रप्रसाद अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

तीन वटा कम्पनीलाई कर्जा प्रवाह गर्दा ७५ लाख घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित पाँचजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

उनले रुपन्देहीको भुसाल हस्पिटालिटीलाई नेपाल बैंकबाट एक अर्ब ७७ करोड २९ लाख कर्जा प्रवाहमा सघाएका थिए ।

त्यसबापत १९ लाख अधिकारीले घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

भुसाल हस्पिटालिटीका सञ्चालक बालकृष्ण भुसाल, अंकित भुसाल तथा अमृत भुसालविरुद्ध पनि घुस दिएको आरोपमा मुद्दा दायर भएको छ ।

घुस लेनदेनमा सघाउने नसिब अन्सारीलाई पनि प्रतिवादी बनाइएको छ । हिमाल तराई कन्ट्रक्सन, अकलादेवी ट्रेडर्ससँग घुस लिएको अभियोगमा पनि छुट्टाछुट्टै मुद्दा दायर भएको छ।

हिमाल तराई कन्ट्रक्सनसँग ६ लाख तथा अकलादेवीसँग ५० लाख घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077