काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका सबै भू–भागमा विकास हुने गरी योजना बनाउनुपर्ने बताएका छन् ।
सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित ‘बजेटमा समेटिएका आर्थिक नीति तथा योजनाको समीक्षा’ विषयक कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन ।
उनले तुलनात्मक रूपमा पहाडमा विकास हुन नसकेका कारण बसाइँसराइ गर्नुपर्ने अवस्था देखिएको बताए ।
देशका सबै भूभागमा विकास हुने गरी योजना बनाउनुपर्नेमा उनले जोड दिए ।
सभापति देउवाले जलवायु परिवर्तनको असर सबैभन्दा बढी नेपालमा पर्ने देखिएकाले त्यसको असर न्यूनीकरण गर्न नेपालले सशक्त आवाज उठाउन सक्नुपर्ने समेत बताए ।