Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

काठमाडौं महानगरका तत्कालीन इन्जिनियरको साढे चार करोड अवैध सम्पत्ति, भ्रष्टाचार मुद्दा दायर

काठमाडौं महानगरका तत्कालीन इन्जिनियरको साढे चार करोड अवैध सम्पत्ति, भ्रष्टाचार मुद्दा दायर

सोमवार , जेठ २७, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीविरुद्ध गैरकानुनी आर्जन गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको छ ।

कोइरीले ०४६ देखि ०७८ सालसम्म काम गर्दा चार करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ ८८ पैसा गैरकानुनी आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो । 

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थायी ठेगाना भएका कोइरी हाल काठमाडौं महानगरपालिका–४, चण्डोल बस्दै आएका छन् । 

उनले कुल सात करोड ९६ लाख ७६ हजार ८०४ रुपैयाँ २३ पैसाको कारोबार तथा बचत गरेको देखिएकोमा बाँकी रकम गैरकानुनी आर्जन गरेको दाबीसहित मुद्दा दायर भएको हो ।

अखितयारले उनीबाट विगोबमोजिमको सम्पत्ति जफथ गरी कैद र जरिवाना गर्न मागदाबी लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077