Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

घुस खुवाउँदै ऋण लिँदै व्यापारी भुसाल, अख्तियारद्वारा मुद्दा दायर

घुस खुवाउँदै ऋण लिँदै व्यापारी भुसाल, अख्तियारद्वारा मुद्दा दायर

सोमवार , जेठ २७, २०८२

काठमाडौं । रातारात उदाएका व्यवसायी बालृकष्ण भुसालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

घुस खुवाएर नेपाल बैंकबाट ऋण लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बैंकका तत्कालिन अध्यक्ष चन्द्र बहादुर अधिकारीसँग मिलेर उनले नेपाल बैंकबाट एक अर्ब ७७ करोड २९ लाख कर्जा लिएका थिए। धिताको अधिक मूल्याङकन गरी यस्तो कर्जा लिइएको थियो ।

त्यसवापत अध्यक्ष अधिकारीलाई मात्र उनले १९ लाख रुपैयाँ घुस दिएका थिए । बैंकका अन्य कर्मचारीलाई पनि घुस दिएको आशंका गरिएको छ ।

भुसालले रुपन्देहीको सिद्धार्थनगरमा विवादास्पद टाइगर प्यालेस रिसोर्ट खरिद गरेका थिए । त्यसलाई भुसाल हस्पिटालिटी अन्र्तगत - याडिसन प्रोजेक्टका रुपमा अघि बढाएका छन् ।

त्यसैका लागि उनले कम ब्याजदरमा नेपाल बैंकबाट ऋण निकालेका हुन् । यसका लागि नेपाल बैंकका सञ्चालकदेखि कर्मचारीसम्मलाई घुस दिएको खुलेको छ । यो विषयमा नेपाल राष्ट्र बैंकले पनि छुट्टै छानविन गर्ने भएको छ ।

आयोगले उनका छोरा अंकित भुसालसहित अमृत भुसाल तथा घुस लेनदेनमा सघाउने खुस नसिव अन्सारीविरुद्ध पनि मुद्दा दायर गरेको छ । अध्यक्ष रहेका अधिकारीको मोबाइलका आधारमा आयोगले घुस लेनदेन पत्ता लगाएको हो ।

बिशाल सिमेन्टका समेत सञ्चालक रहेका भुसालले पछिल्लो समय एक दर्जन उद्योगमा लगानी गरेका छन् । तर, त्यसको आधारमा कर भने न्यून तिरेका छन् ।

उनको टाइगर प्यालेस रिसोर्टले त सरकारी जग्गा समेत मिचेको छानविनमा खुलिसकेको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा छानविन भए उनको अवैध सम्पत्तिको राज खुल्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077