Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

आप्रवासीको प्रदर्शन रोक्न नसकेपछि ट्रम्पले खटाए स्थल र जल सैनिक

आप्रवासीको प्रदर्शन रोक्न नसकेपछि ट्रम्पले खटाए स्थल र जल सैनिक

मंगलवार , जेठ २८, २०८२

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यमा चार दिनदेखि चर्किएको विरोध प्रदर्शन नियन्त्रण गर्न अमेरिकाले ७०० भन्दा बढी मेरिन (स्थल र जल सैनिक) लस एन्जलसमा परिचालन गरेको छ ।

अमेरिकाको संघीय कानुन कार्यान्वयन इकाई (आईसीई) ले लस एन्जलसमा लुकेर बसिरहेका अवैध आप्रवासीको खानतलासी र पक्राउ गर्दा हिंसा भड्किएको थियो ।

यी सैनिकहरू राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सप्ताहन्तमा क्यालिफोर्नियाको गभर्नर वा लस एन्जलसको मेयरको सहमतिबिना परिचालन गरिएको हो ।

सैनिकले नेशनल गार्ड सदस्यहरूसँग मिलेर दंगा नियन्त्रण गर्नेछन् । शक्ति प्रदर्शनको रूपमा ट्रम्पले सेनाको प्रयोगमा गरेको ठूलो वृद्धि गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077