काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रमा जनता सबैभन्दा माथि हुने बताएका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् उनले लोकतन्त्रमा शक्तिका श्रोत जनता हुने कुरा बिर्सन नहुने बताएका हुन् ।
लोकतन्त्रमा जनताको हित गर्नु राज्यको दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।
लोकतान्त्रिक व्यवस्थामा जनता शक्ति श्रोत हुन् भन्ने कुरा बिर्सिएर जनताको हितविपरीत चिन्तन र व्यवहार गर्न नहुने उनले उल्लेख गरेका छन् । यदि त्यस्तो चिन्तन र व्यवहार गरियो भने त्यो अलोकतान्त्रिक हुने उनको धारणा छ ।
पोखरेलले लेखेका छन् ‘लोकतन्त्रमा जनता नै शक्तिका श्रोत हुन्, जनताको हित नै राज्यको कर्तव्य हो, त्यस विपरीतका चिन्तन र व्यवहार अलोकतान्त्रिक हुन ।'