Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

त्रिविमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ

त्रिविमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ

मंगलवार , जेठ २८, २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

धुन्चेपाखा सानोठिमी, भक्तपुरबाट दिक्पाल कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीसहित नेपाल विद्यार्थी संघ (नेविसंघ)को एउटा समूहले जेठ १४ गते उपकुलपति खड्ग केसीको कार्यकक्षमा तोडफोड र रेक्टरको कार्यालयमा तालबन्दी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

स्नातक पहिलो वर्षको भर्ना खुलाउन माग गर्दै काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसका नेविसंघबाट निर्वाचित भएका स्ववियुका विद्यार्थी नेता उपकुलपति कार्यालय गएका थिए ।

गत चैत ५ गते स्ववियु चुनावको समयमा भर्नाको समय सकिएको भन्दै त्रिविले रोक लगाएको थियो । तर, स्ववियु चुनाव सकिएपछि निर्वाचित भएका स्ववियु सभापतिहरूले भर्ना खुलाउन माग गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077