Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका चार व्यक्ति भारतीय लागुऔषध कारोबारी

प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका चार व्यक्ति भारतीय लागुऔषध कारोबारी

मंगलवार , जेठ २८, २०८२

काठमाडौं । केहिबेर पहिले काठमाडौंको टोखास्थित ग्राण्डी अस्पताल नजिकै प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका दुई जना लागुऔषध कारोबारी भारतीय रहेको खुलेको छ ।

लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली चलाएर दुई भारतीय र थप अरु दुई गरी चार जनालाई नियन्त्रणमा लिएको छ ।

लागु औषध कारोबारको सूचना पाएपछि ब्यूरोका टोली खटिएको हो ।

नियन्त्रणमा लिने क्रममा लागुऔषध कारोबारीहरुले नै प्रहरीमाथि आक्रमण गरेका थिए ।

त्यसपछि प्रहरीले गोली चलाएर दुई जना र थप दुई गरी चार जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ ।

भारतीय नागरिक भन्ने बुझिएको र उनीहरुको बारेमा थप अनुसन्धान गरेपछि मात्र परिचय यकिन हुँने प्रहरीले जनाएको छ ।

लागुऔषध कारोबारीहरुको आक्रमणबाट दुई प्रहरीहरु घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077