काठमाडौं । लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा घाइते भएका दुई प्रहरीलाई अस्पताल लगिएको छ ।
घाइते प्रहरीलाई उपचारका लागि नेपाल प्रहरी अस्पताल महाराजगञ्ज पठाइएको लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ ।
उपचारका लागि प्रहरी अस्पताल लगिएका प्रहरीहरूमा ब्यूरोमा कार्यरत रवीन्द्र केसी र नवराज घिसिङ छन् ।
लागु औषध कारोबारको सूचना पाएपछि ब्यूरोका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो ।
सो क्रममा प्रहरीमाथि नै आक्रमण भएको थियो ।
प्रहरीले गोली चलाएर दुई जना र थप दुई गरी चार जना लागुऔषध कारोबारी भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको थियो ।
प्रहरीले उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ ।