Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

चेकजाँच गर्ने क्रममा तस्कर समूहबाट कुटिए प्रहरीका असई !

चेकजाँच गर्ने क्रममा तस्कर समूहबाट कुटिए प्रहरीका असई !

मंगलवार , जेठ २८, २०८२

कञ्चनपुर । कञ्चनपुरमा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) माथि कुटपिट भएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिकाको पचुई प्रहरी चौकीका इन्चार्ज समेत रहेका असई धीरबहादुर चन्दमाथि कुटपिट भएको हो ।

चन्दलाई कुटपिट गरिएको भिडियो सार्वजनिक भएपछि कञ्चनपुर प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।

असई चन्दलाई कुटपिट गर्ने व्यक्तिको पहिचान भइसकेकाले उनलाई पक्राउ गरेर कानुनअनुसार कारवाही गरिने कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार चन्दमाथि केही दिन अगाडिमात्रै प्रहरी चौकी नजिकै दिनदहाडै आक्रमण गर्दै कुटपिट गरिएको थियो । उनलाई सामान चेकजाँच गर्ने क्रममा कुटपिट गरिएको थियो ।

चन्दलाई कुटपिट गर्ने समूह भारतबाट अवैध रुपमा सामान ओसारपसार गर्ने कार्यमा संलग्न रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077