Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

५२ लाख ५४ हजार खर्च गरेर विदेश घुमे बालेन !

५२ लाख ५४ हजार खर्च गरेर विदेश घुमे बालेन !

मंगलवार , जेठ २८, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको विदेश भ्रमणका क्रममा ५२ लाख रुपैयाँभन्दा बढी अनियमितता भएको खुलेको छ ।

महालेखा परीक्षकको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन अनुसार विभिन्न समयमा विदेश भ्रमणमा जाँदा उनले अनुमतिबिना सो रकम खर्च गरेको खुलेको हो ।

प्रतिवेदनमा भ्रमण खर्चबापत कुल ५२ लाख ५४ हजार ७७ रुपैयाँ ७५ पैसा खर्च देखिएको र अधिकांश भुक्तानी नियमसंगतत नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

भ्रमणमा संलग्न कर्मचारीको मनोनयन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवबाट हुनुपर्नेमा सो प्रक्रियाको पनि पालना नभएको प्रतिवेदनमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077