Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पकेटमार घटनामा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

पकेटमार घटनामा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

मंगलवार , जेठ २८, २०८२

गोरखा । गोरखामा श्रृङ्खलाबद्ध पकेटमारको घटना गराउने तीनजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार लगातार पकेटमारको घटना भएपछि सघन खोज अनुसन्धान अभियान चलाएको प्रहरीले पकेटमार गिरोहका तीन जनालाई पक्राउ गरेको हो ।

विभिन्न मितिमा सहिद लखन गाउँपालिका-४ घर भई हाल चितवन बस्ने ४९ वर्षीय दिपक परियार, ३५ वर्षका आशिक भुजेल र ४३ वर्षका दाननारायण श्रेष्ठलाई पक्राउ गरिएको गोरखा प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट २७ हजार ७ सय नगद र चोरीमा प्रयोग गर्ने नङकट दुई थान, चिम्टी एक थान र ब्लेड एक थान बरामद गरिएको छ ।

साथै दुई वटा मोबाइल पनि बरामद गरेको प्रहरीको भनाइ छ। उनीहरुबिरुद्ध चोरी सम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077