Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रहरीकै फन्दामा प्रहरी : लागुऔषधसहित जवान समातिए

प्रहरीकै फन्दामा प्रहरी : लागुऔषधसहित जवान समातिए

बुधवार , जेठ २९, २०८२

कैलाली । धनगढीमा लागुऔषध (खैरो हेरोइन)सहित नेपाल प्रहरीका जवान पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले मंगलबार गोदावरी नगरपालिका-९ घर भएका चिरञ्जीवी विश्वकर्मालाई लागुऔषधसहित पक्राउ गरेको हो ।

उनको साथबाट ३८० मिलिग्राम हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमै कार्यरत थिए ।

उनलाई धनगढी उपमहानगरपालिका–२ स्थित सोही कार्यालय बाहिरको सडकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077