काठमाडौं । काठमाडौंबाट दुई करोड एक लाख ७८ हजार रकम बराबरको सुन, हिरा तथा पत्थरको गहनासहित चारजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा भारतको कलकत्ता घर भइ काठमाडौं महानगरपालिका–२२ बस्ने ४३ वर्षीय हरिवोर सेख, सोहीका ३९ वर्षीय सुरोजित दास, ४० वर्षीय तमोल साद्रा र १६ वर्षीय सामुहिम सेख छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर, काठमाडौं तथा प्रहरी वृत्त जनसेवा समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले प्युखा कृष्णचोकबाट पक्राउ गरेको हो ।
हरिवोर सेखले मुन्ना जेम एन्ड ज्वेलर्स सञ्चालन गरी विल भरपाई नभएका सुन चाँदी तथा हिराका गरगहना बिक्री वितरण गरिरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई जेठ २६ गते पक्राउ गरिएको जनाइएको छ ।
उनीहरु माथि प्रहरीले थप अनुसन्धान थालेको छ ।