रौतहट । रौतहट लुटपाटमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहटको यमुनामाई गाउँपालिका–१ जेठरहीया झाझपुल स्थायी ठेगाना भएका २२ वर्षीय मुकेश महतो र २० वर्षीय सीताराम महतो रहेका छन् ।
लुटपाट गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।