Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

माधव नेपालको मुद्दाको प्रतिरक्षा गर्न एकीकृत समाजवादीले बनायो कार्यदल

माधव नेपालको मुद्दाको प्रतिरक्षा गर्न एकीकृत समाजवादीले बनायो कार्यदल

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाको प्रतिरक्षा गर्न कार्यदल गठन गरेको छ ।

अधिवक्ता परिवर्तन राईको संयोजकत्वमा गठित कार्यदलमा अधिवक्ता गजबहादुर ऐरी, अधिवक्ता दुर्गाप्रसाद चिमरिया र अधिवक्ता कपिलदेव ढकाल सदस्य छन् ।

मुद्दामा पार्टीका तर्फबाट कानुनी प्रतिरक्षाका लागि आवश्यक कागजात अध्ययन गरी कार्यदलले सम्मानित अदालतसमक्ष पार्टी सङ्गठनका तर्फबाट प्रतिरक्षा गर्ने केन्द्रीय कानुन विभाग प्रमुख डा देउमान सम्वाहाङ्फेले जानकारी दिए ।

विभागले कानुनी शासनका लागि दृढ प्रतिबद्ध रही राजनीतिक ढङ्गबाट भएका गलत कार्यहरू जनतासमक्ष उजागर गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077