Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा

तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक आन्दोलनमा संलग्नको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीविरुद्ध थुनछेक बहस अन्तिम चरणमा पुगेको छ ।

प्रसाईंसहित अन्य प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएको छ। आज सरकारी वकिल कार्यालयका वकिलहरूले जवाफ दिँदैछन्।

प्रतिवादी तर्फका कानुन व्यवसायीहरूले बहसमा उठाएका विषयमा सरकारी वकिललले जवाफ दिनेछन्।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा प्रसाईंसहित ३९ जना प्रतिवादीको थुनछेक बहस भइरहेको हो।

थुनछेक बहस सकिएपछि प्रसाईंसहितका प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने आदेश आउनेछ।

राज्यविरुद्धको कसूरका ५० जना प्रतिवादीमध्ये ३९ जना प्रहरी हिरासतमा छन्। उनीहरूविरुद्ध राजद्रोह,अपराधिक उपद्रव,कर्तव्य ज्यान,ज्यान मार्ने उद्योग र संगठित अपराधमा मुद्दा दायर भएको हो। ५० जना प्रतिवादीमध्ये ११ जना धरौटीमा छुटिसकेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन जेठ ९ गते जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। त्यसपछि सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077