काठमाडौं । नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई मोसो दलेका छन् ।
उनीहरूले कार्यकक्षमै पुगेर न्यायाधीश थारुमाथि मोसो दलेका हुन् ।
थारुसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो ।
अफ्ताव आलमको फैसला गर्ने न्यायाधीश खुसीराम थारुमाथि मोसो दलेका हुन् । अदालत परिसरभित्रै मोसो दलिएको भिडियो सार्वजनिक भएको छ ।
तर, मोसो फाल्ने व्यक्तिको पहिचान खुलिनसकेको पर्सा प्रहरीले जनाएको छ ।
संविधानसभा निर्वाचनताका २०६४ चैत २७ गते रौतहटमा आफ्नो घरमा बम बिस्फोटमा परेका घाइतेहरुलाई जिउँदै इट्टाभट्टामा लगेर जलाएको अभियोगमा जिल्ला अदालतबाट आलम दोषी ठहर भएका थिए।
तर, उच्चअदालत जनकपुरको वीरगञ्ज इजलासले उनी निर्दोष रहेको भन्दै सफाइ दिएको थियो।
लगत्तै आलम नख्खु कारागारबाट रिहा भएका थिए।