काठमाडौं । लण्डनका लागि उडेको २४२ जना सवार विमानमा दुर्घटनामा परेपछि एयर इन्डियाले आफ्नो सामाजिक सञ्जाल (फेसबुक र एक्स)का पेजमा ‘ब्ल्याक आउट’ गरेको छ।
घटनाप्रति दुःख जनाउँदै एयर इन्डियाले फेसबुक र एक्स पेजका प्रोफाइल र कभर तस्बिर हटाएर कालो तस्बिर राखेको हो।
एयर इन्डियाको एआई १७१ उडान नम्बरको जहाज अहमदावादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार दिउँसो १ बजेर ३८ मिनेट(भारतीय समय)मा लन्डनका लागि उडेको थियो। उडेको केही समयमै जहाज दुर्घटनामा परेको छ।
गुजरात राज्यका पूर्वमुख्यमन्त्री एवम् भारतीय जनता पार्टीका नेता विजय रुपाणी पनि सवार रहेको र ५२ जना बेलायती नागरिक रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर सन्जिव शर्माले एअर इण्डियाको विमानमा सवार २४२ जना मध्ये कोही पनि नेपाली नागरिक नरहेको बताएका छन् ।
हालसम्म घटनाको पूर्ण विवरण आइसकेको छैन।