Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कैलालीमा प्रहरीले गोली चलायो, दुईजना घाइते

कैलालीमा प्रहरीले गोली चलायो, दुईजना घाइते

बिहिवार , जेठ ३०, २०८२

धनगढी । कैलालीमा प्रहरीले गोली चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाको भजनी नगरपालिका–७ मा बिहीबार दिउँसो गोली चलेको हो ।

कैलाली प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले भजनी नगरपालिकामा गोली चलेको पुष्टि गरे ।

उनकाअनुसार टीकापुरमा गत जेठ १५ गते स्थानीय टेकेन्द्र सिंह विष्टमाथि खुकुरी प्रहार भएको घटनामा कैलारी गाउँपालिका–२ को शिवरत्नपुरबाट दुई जनालाई पक्राउ गरिएको थियो ।

भजनी क्षेत्रमा पुग्दा उनीहरु भाग्न खोजेपछि प्रहरीले गोली चलाउनुपरेको डीएसपी सिंहले बताए । गोली प्रहार गरेर दुवै जनालाई नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएकामा टीकापुरका रिदम ढंगाना र मिलन चन्द रहेका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर र दुई वटा गोली प्रहार गर्नुपरेको जनाएको छ ।

गोली प्रहारबाट दुवै जनाको घुडामुनी चोट लागेको छ । उनीहरुलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077