Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो दल्ने नेकपा बहुमतका तीन जना पक्राउ

आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो दल्ने नेकपा बहुमतका तीन जना पक्राउ

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा.खुसीराम थारुलाई मोसो दल्ने तीन जनाको पहिचान खुलेको छ ।

नेकपा बहुमतका तीन जना कार्यालयले बिहीबार दिउँसो न्यायाधीश थारुको कार्यकक्षमै पुगेर दलेको थिए ।

न्यायाधीश थारुमाथि मोसो दल्ने तीनै जना पार्टीका नेता कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, मोसो दल्नेहरुमा प्यूठानको गौमुखी गाउँपालिका–६ घर भइ हाल ललितपुरको कुपन्डोल बस्दै आएका ३८ वर्षीय अविनाश भन्ने किशोर कुँवर, सर्लाहीको बरहथवा नगरपालिका–२ का ४३ वर्षीय पदम बहादुर मगर र सिराहाको गोलबजार नगरपालिकाका ४८ वर्षीय गर्भु महतो रहेका छन् ।

कुँवर नेकपा बहुमतका केन्द्रीय सदस्य हुन् । त्यस्तै, मगर सर्लाहीका जिल्ला इन्चार्ज र महतो सिराहाका जिल्ला समिति सदस्य रहेका छन् ।

मोसो दलेलगत्तै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
संविधानसभा निर्वाचनताका २०६४ चैत २७ गते रौतहटमा आफ्नो घरमा बम बिस्फोटमा परेका घाइतेहरुलाई जिउँदै इट्टाभट्टामा लगेर जलाएको अभियोगमा जिल्ला अदालतबाट आलम दोषी ठहर भएका थिए।

तर, उच्चअदालत जनकपुरको वीरगञ्ज इजलासले उनी निर्दोष रहेको भन्दै सफाइ दिएको थियो।

लगत्तै आलम नख्खु कारागारबाट रिहा भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077