Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पत्रकार नारायण अर्याल कुपण्डोलबाट पक्राउ, दिलभुषण पाठकको खोजी जारी

पत्रकार नारायण अर्याल कुपण्डोलबाट पक्राउ, दिलभुषण पाठकको खोजी जारी

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । पत्रकार नारायण अर्याललाई बिहीबार कुपण्डोलबाट पक्राउ गरिएको छ। प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो।

तर, साइबर ब्यूरोले भने अर्याल पक्राउ परेको दाबी अस्वीकार गरेको छ ।

त्यसैगरी, सञ्चारकर्मी दिलभुषण पाठकमाथि पनि प्रहरीले खोजी तीव्र पारेको छ। शंकर ग्रुपको स्वामित्वमा रहेको होटल हिल्टनसँग सम्बन्धित समाचार प्रकाशनपछि पाठकमाथि पक्राउ पुर्जी जारी गरिएको हो। सो समाचारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको नाम जोडिएको थियो।

सम्बन्धित समाचारप्रति उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। पत्रकार तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर विभिन्न समूहहरूले यस घटनालाई चासोपूर्वक हेरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077