Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

जसपाका सांसद कुशवाहा अख्तियारको नियन्त्रणमा

जसपाका सांसद कुशवाहा अख्तियारको नियन्त्रणमा

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेशसभा सांसद सरोज सिंह कुशवाहालाई नियन्त्रणमा लिएको छ।

सांसद कुशवाहालाई आयोगको टोलीले बिहीबार काठमाडौंको अनामनगर क्षेत्रबाट पक्राउ गरेको हो। उनी महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन्।

यसअघि अख्तियारले जेठ १२ गते कुशवाहाको निवासमा छापा मारेको थियो। सो क्रममा उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई समेत पक्राउ गरिएको थियो।

आयोगको टोलीले यसअघि कुशवाहाको घरबाट विभिन्न योजनाका कागजात र मोबाइल बरामद गरेको थियो । बरामद मोबाइल र कागजात फरेन्सिक ल्याबमा पठाइएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077