काठमाडौं । पछिल्लो समय उच्चपदस्थमाथि पनि अनुसन्धान र अभियोजनमा सक्रियता बढाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेसका अर्का नेतामाथि मुद्दा दायरको तयारी गरेको छ ।
काठमाडौं क्षेत्र नम्बर ३ का सांसद सन्तोष चालिसेमाथि आयोगले अनुसन्धान टुंगाएको छ । अकुत सम्पत्ति आर्जनको अभियोगमा उनीमाथि मुद्दा दायरको तयारी भइरहेको स्रोत बताउँछ ।
चालिसे संसदको अर्थ समितिका सभापति समेत हुन्।
चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर हुन् । मेयर हुँदा उनले करोडौं अकुत सम्पत्ति आर्जन गरेको भेटिएको छ । खासगरी जथाभावी प्लटिङलाई साथ दिएर गैरकाननूनी सम्पत्ति आर्जन गरेको आरोप उनिमाथि लाग्दै आएको छ ।
करोडौं सम्पत्तिको स्रोत खुलाउन नसकेपछि उनी आत्तिएका थिए। आयोगले आगामी साता उनीविरुद्ध मुद्दा लैजाने सम्भावना रहेको स्रोत बताउँछ ।
यसअघि आयोगले कांग्रेसकै नागार्जुनका मेयर मोहन बस्नेतको पनि अकुत सम्पत्ति आर्जन गरी मुद्दा दायर गरेको थियो ।