Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सुन पसलका सञ्चालकलाई हनीट्रयापमा पारी ५० लाख माग्ने तीनजना प्रहरी फन्दामा

सुन पसलका सञ्चालकलाई हनीट्रयापमा पारी ५० लाख माग्ने तीनजना प्रहरी फन्दामा

बिहिवार , जेठ ३०, २०८२

कास्की । पोखराको एक सुनचाँदी व्यवसायीमाथि यौन दुर्व्यवहारको झूटो आरोप लगाई ५० लाख रुपैयाँ फिरौती माग्ने गिरोह पक्राउ परेको छ ।

पक्राउ परेका व्यक्तिहरूमा पोखरा महानगरपालिका वडा नं. १५ टुटुङ्गा बस्ने २७ वर्षीया मरियम राई, जिल्ला मोरङ बिराटनगर चोक बताउने ३८ वर्षीय देव लिम्बु र संखुवासभाको सभापोखरी गाउँपालिका–२ बस्ने ४० वर्षीय टेक बहादुर सुवेदी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा-४ मा रहेको एक सुनचाँदी पसलमा कार्यरत मरियम राईले आफ्नो साहुले यौन दुर्व्यवहार गरेको भन्दै पूर्वसञ्चार गरेर आफ्ना दुई पुरुष साथीहरू लिम्बु र सुवेदीलाई पोखरा बोलाएकी थिइन् ।

त्यसपछि उनीहरूले पोखरा–६ लेकसाइडस्थित एक होटलमा व्यवसायीकी श्रीमतीलाई बोलाई 'जिन्दगीभर पुग्ने धनसम्पत्ति, बस्ने घर र व्यवसायको प्रवन्ध मिलाइदिनु, नत्र तिम्रो श्रीमानमाथि झूटा मुद्दा हाल्छौं' भन्ने धम्की दिँदै पचास लाख रुपैयाँ मागेको खुलेको छ।

कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरी बहादुर वस्नेतका अनुसार उनीहरूले एक हप्ता लामो योजना अनुसार धम्कीपूर्ण तरिकाले मानसिक दबाब सिर्जना गर्दै रकम असुल्न खोजिरहेका थिए ।

विश्वसनीय सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले योजनाबद्ध रूपमा तीनै जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट मोबाइल, बार्गेनिङ गरेको अडियो सहितको पेनड्राईभ र एक्सर्टसनसंग सम्बन्धी अन्य कागजातहरु बरामद गरिएको छ ।

प्रहरीले ती तीनै जनाविरुद्ध आपाराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ । कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप प्रमाण संकलन र अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077