काठमाडौं । जिल्ला प्रशासन कार्यालयमा महोत्तरीका नायव सुब्बा अशोक कुमार यादव घुस लिएको आरोपमा दोषी ठहर भएका छन् । विशेष अदालतले यादवलाई घुस लिएको आरोपमा दोषी ठहर गरेको हो ।
सवारी दुर्घटनामा मृत्यु भएपछि पाउनुपर्ने क्षतिपूर्तिको रकम फैसला गराई दिलाइदिने भन्दै २० हजार रुपैयाँ घुस लिएको अदालतले ठहर गरेको हो ।
न्यायाधीश राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई दोषी ठहर गर्दै १ महिना कैद सजाय सुनाएको छ ।
गत मंसिर ७ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यादवले घुसवापत लिएको २० हजार रुपैयाँ रकमसहित उनलाई रंङ्गेहात पक्राउ गरेको थियो ।