Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

एयर इन्डिया विमान दुर्घटना : २४१ यात्रुको मृत्यु, एकजना बाँच्न सफल

एयर इन्डिया विमान दुर्घटना : २४१ यात्रुको मृत्यु, एकजना बाँच्न सफल

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौं । भारतको अहमदावादमा दुर्घटना भएको एयर इन्डियाको फ्लाइट नम्बर एआई १७१ जहाजमा रहेका २४२ यात्रुमध्ये २४१ जनाको मृत्यु पुष्टि भएको छ ।

एयर इन्डियाका अनुसार एकजना भने बाँच्न सफल भएको र उनको अस्पतालमा उपचार भइरहेको छ । विमान दुर्घटनामा बाच्न सफल यात्रु भारतीय मूलका ब्रिटिश नागरिक भएको बताइएको छ । अहिले उनी अस्पतालमा उपचार गराइरहेका छन्।

उक्त विमानमा चालक दलका सदस्य १२ जनासहित २४२ जना यात्रा गरिरहेका थिए । एयर इन्डियाका अनुसार विमानमा १६९ भारतीय, ५३ ब्रिटिश, सात पोर्चुगिज र एक क्यानेडेली नागरिक थिए ।

विमान बिहीबार दिउँसो १ः३८ बजे अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाटबाट उडेको २ मिनेटमै खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077