Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

ज्ञानेन्द्र शाहीको आरोप - भिजिट भिसासँग माओवादीले अग्नि सापकोटा साट्यो

ज्ञानेन्द्र शाहीको आरोप - भिजिट भिसासँग माओवादीले अग्नि सापकोटा साट्यो

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले अग्नि सापकोटालाई साटेको आरोप लगाएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शाहीले यस्तो आरोप लगाएका हुन ।

उनले गृहमन्त्रीको राजीनामा र छानबिन समिति बनाउने मुद्दाबाट पछाडि हटेर अग्नि सापकोटालाई  पक्राउ गर्नबाट बचाएको बताए ।

उनले लेखेका छन्, 'ल बधाई छ कमरेड प्रचण्ड उर्फ माओवादी साथीहरू भिजिट भिसा प्रकरणमा गृहमन्त्री ज्युको राजीनामा र छानबिन समिति बनाउने मुद्दाबाट पछाडि हटेबापत ज्यान मार्ने व्यक्ति हत्या गर्ने प्रकरणमा पूर्व सभामुख अग्नि सापकोटालाई  पक्राउ गर्न बचाएकोमा...... विडम्बनाका साथ भन्नुपर्छ  संसद जनताको कानुन बनाउने थलो नभएर सेटिङ गर्ने थलो भयो।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077