Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सवारी अनुमतिपत्रमा अनियमितता : भरतपुर यातायात कार्यालयका कर्मचारी र बिचौलिया पक्राउ

सवारी अनुमतिपत्रमा अनियमितता : भरतपुर यातायात कार्यालयका कर्मचारी र बिचौलिया पक्राउ

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रक्रियामा अनियमितता गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा यातायात व्यवस्था कार्यालय, भरतपुर (चितवन) का कार्यालय सहायक (पाँचौं) इन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठक रहेका छन्।

शुक्रबार दिउँसो आयोगको टंगालस्थित केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

गुरुङको कार्यकक्षबाट एक लाख ८५ हजार रुपैयाँसमेत बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । यस्तै बिचौलिया सुरज पाठकलाई यातायात व्यवस्था कार्यालय भरतपुर चितवनको कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको हो। आज अख्तियारले यातायात कार्यालयसहित महालक्ष्मी ड्राइभिङ सेन्टर, गुरुङ ड्राइभिङ सेन्टर र कुमार ड्राइभिङ सेन्टर एकसाथ छापा हानेको थियो। यहाँ सवारी चालक अनुमति पत्र दिनका लागि वर्गअनुसारको १५ हजारदेखि २५ हजारसम्म रकम लिई फेल भएका प्रशिक्षार्थीलाई पास गराई कानूनविपरीत रकम सङ्कलन गरी भ्रष्टाचार गरेको उजुरीको आधारमा छापा मारिएको पौडेलले जानकारी दिए। उनका अनुसार कार्यालय परिसरबाट कार्यालय प्रमुख विष्णु भट्टराई तथा अन्य कर्मचारीहरू र विभिन्न ड्राइभिङ सेन्टरका सञ्चालकहरूको विद्युतीय उपकरण मोबाइल थान–३१, ल्यापटप थान–२ र अन्य कागजातहरूसमेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077