Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बागलुङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

बागलुङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

शुक्रवार , जेठ ३१, २०८२

बागलुङ । बागलुङमा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । 

बागलुङको बुर्तिबाङ बजारदेखि यात्रु बोकेर ढोरपाटन–सालझण्डी सडक खण्ड हुँदै सहीखोलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेशको ०१–००१ च १७७५ नम्बरको जिप ढोपाटन नगरपालिका-५ बतासेडाँडामा शुक्रबार दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक वसन्त पाण्डेका अनुसार जिपमा १६ जना यात्रु सवार रहेका थिए ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने १० जनाको अवस्था मध्यम र एकको अवस्था सामान्य रहेको प्रनाउ पाण्डेले बताए। मृतकहरूको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077