भोजपुर । भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार भोजपुर नगरपालिका-३ गुप्तेश्वर निवासी ३० वर्षीय प्रकाश राईको पत्नीको कुटपिटबाट मृत्यु भएको हो ।
गएको बिहीबार बेलुका घरायसी विवादका क्रममा पत्नीको कुटपिटबाट गम्भीर घाइते भएका उनको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते उनलाई बिहान छिमेकीले थाहा पाएर उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।