Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

परिवारसँगै पोखरा घुम्न गएकी महिलाको होटलको छतबाट खसेर मृत्यु

परिवारसँगै पोखरा घुम्न गएकी महिलाको होटलको छतबाट खसेर मृत्यु

शनिवार , जेठ ३२, २०८२

काठमाडौं । बुटवलबाट पोखरा घुम्न गएकी महिलाको होटलको छतबाट खसेर मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–१७ रानीगन्जकी ३२ वर्षीय सरिता भण्डारी गएराति पोखरा–६ डिहिकोपाटनस्थित होटलको पाँचौं तलाबाट खसेको अवस्थामा भेटिएकी हुन् ।

उनी श्रीमान् र २ छोरासहित बिहीबार पोखरा गएकी थिइन् । शुक्रबार राति श्रीमान्–श्रीमती होटलको पाँचौं तलामा कुर्सीमा बसेका थिए ।

मध्यराति साढे १२ बजे उनी पाँचौं तलाबाट ५५ फिट तल होटलको प्रवेशद्वारमा खसेकी थिइन् ।

उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगेपनि चिकित्सकले १ बजेर २ मिनेट जाँदा मृत घोषित गरेका थिए ।

घटनास्थलमा सीसीटिभी नरहेकाले उनको हत्या, आत्महत्या वा भवितव्य भएको भन्ने खुलेको छैन । सोधपुछका लागि श्रीमान् ३८ वर्षीय लक्ष्मण भण्डारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077