काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, पर्साले ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गर्दै लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो ।
लामिछानेविरुद्ध सहकारी ठगी तथा संगठित अपराध मुद्दामा आइतबार अभियोगपत्र दर्ता भएको अदालतले जनाएको छ ।
उनका अनुसार उक्त मुद्दामा सरकारी वकिलको कार्यालयले लामिछानेसहित २९ जनालाई प्रतिवादी बनाएको छ ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराधको आरोपमा लामिछाने अहिले पुर्पक्षका लागि थुनामा छन् ।