काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा दुईजना मृत फेला परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बूढानीलकण्ठ–४ पासिकोटस्थित थ्रिस्टार किडजोन स्कुलको कम्पाउन्डभित्र रहेको सुनिता सिंह ठकुरीको घरमा भारतको चण्डिगढ घर भएका ५४ वर्षीय परमनारायण गिल र धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल सोही घरमा काम गरी बस्ने २८ वर्षीया अन्जना तामाङ मृत फेला परेका हुन् ।
अन्जनाको टाउकोमा चोट रहेको बताइएको छ । प्रहरी घटनाको अनुसन्धान थालेको छ ।