Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रहरीको म्याट्रेस खरिदमा विवाद : नमूना हेरफेरको सेटिङमा मौन बसेर ठेकदारको पक्षमा फैसला

प्रहरीको म्याट्रेस खरिदमा विवाद : नमूना हेरफेरको सेटिङमा मौन बसेर ठेकदारको पक्षमा फैसला

आइतवार , आषाढ १, २०८२

काठमाडौं । नेपाल प्रहरीले ६ हजार थान ‘कोयर म्याट्रेस’ खरिदसम्बन्धी सेटिङमा सार्वजनिक खरिद अनुगमन कार्यालय पनि प्रभावित भएको आरोप लागेको छ ।

खरिदको विवादमा परेको उजुरीको मूल विषयमा प्रवेश नै नगरी सार्वजनिक खरिद पुनरावलोकन समितिले सेटिङ मिलाउने ठेकदारको पक्षमा फैसला गरेको छ ।

अवकाशको मुखमा सचिव मोहनकृष्ण सापकोटाले गत शुक्रबार यस्तो फैसला गरेका हुन् । टेण्डरमा भाग लिएको जेएमबीडी इन्टरनेशनल कम्पनीले नमूना परीक्षणमै चलखेल भएको भनेर प्रमाणसहित उजुरी गरेको थियो ।

तर, पुनरावलोकन समितिले कार्यालय प्रमुखसमक्ष निवेदकले पुनरावलोकनका लागि निवेदन दिनुपर्नेमा त्यसको प्रक्रिया पूरा नगरेको भन्दै निवेदनलाई खारेज गरिदिएको हो ।

नेपाल प्रहरीमा बर्षौंदेखि सेटिङमा सामान बेच्दै आएका ज्ञानेन्द्र बस्नेत र टोपेन्द्र बीसीलाई फाइदा हुनेगरी यो फैसला आएको हो । यसले प्रहरीको करोडौं बजेट थप खर्च हुने सम्भावना छ ।

उजुरीकर्ताले नमूना नै हेरफेर गरी आफूलाई प्राविधिक मूल्याङ्कनमा फेल गराइएको दाबी गरेका थिए । तर, यस विषयमा पुनरावलोकन समितिले केही बोलेको छैन । पुनरावलोकनका लागि प्रक्रिया पूरा नगरिएको भनेर निवेदन खारेज गरिएको छ ।

उजुरीमा भनिएको थियो–‘प्रहरी प्रधान कार्यालयले सार्वजनिक गर्ने सामानको नमूना परीक्षणका लागि नेपाल गुणस्तर तथा नापतौल विभागसमक्ष पठाई त्यस विभागबाट प्राप्त प्राविधिक विश्लेषणको आधारमा बोलपत्र जारी भएको छ ।

अतः वास्तविक नमुना गुणस्तर तथा नापतौल विभागमा रहेको स्पष्ट छ । मैले प्रहरी प्रधान कार्यालयको नमूनाको रुपमा राखेको कोयर म्याट्रेसको फोटो खिची हुबहु वस्तु उत्पादन पेश गरेको छु । विपक्षी सार्वजनिक अधिकारीले नमूना नै हेरफेर हुने गरी निर्णय गरेको स्थापित भइसकेको छ । अतः नेपाल गुणस्तर तथा नापतौल विभागबाट विपक्षीलाई पेश गरेको नमूना झिकाई न्यायिक निरुपण गर्न विनम्र निवेदन गर्दछु ।’

यसरी नमूना झिकाएर न्यायिक निरुपणमा पनि चासो नदिनुले फैसला विवादमा परेको छ । अवकाश हुने अन्तिम दिन सचिव सापकोटाले यससम्बन्धी फैसला गरेका थिए ।

सेटिङमा रहेको कम्पनीलाई टेण्डर दिन यसरी नमूना नै हेरफेर गरेको विषय उठेपछि प्रहरीको प्रबन्ध निर्देशनालयमाथि गम्भीर प्रश्न उठेको छ । अर्कोतर्फ उजुरी गर्ने कम्पनीले आफ्नो सामान बंगलादेशको ल्याबमा परीक्षण गरेको रिपोर्ट समेत पेश गरेको छ । जसमा सामान उच्च गुणस्तरको भएको उल्लेख छ ।

तर, त्यही सामान नेपालको ल्याबमा फेल भएपछि यसमा निष्पक्षताको प्रश्न उठेको हो । यस विषयमा अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्ने सम्भावना छ ।

‘यसमा प्रबन्ध निर्देशनालयदेखि गुणस्तर तथा नापतौल विभागसमम सेटिङ भएको छ’ प्रहरीकै एक उच्च अधिकारी भन्छन्–‘दुई कार्यालयमा दुईथरी नमूना पठाइएको छ, यसको गम्भीरताका साथ अनुसन्धान भएमा प्राविधिक मूल्याङ्कनमा पास हुने दुवै कम्पनी कालोसूचीमा पर्ने सम्भावना छ ।’

म्याट्रेस लगायत सामान खरिदका लागि व्यापारीहरु ज्ञानेन्द्र बस्नेत र टोपेन्द्र बीसीले प्रहरी प्रधान कार्यालयमा सेटिङ मिलाएका छन् । सोहीअनुसार जय सलिना इन्टरप्राइजेज प्रालिरकोहिनुर टेक्सटाइल इन्ड्रस्टिजरअभिग्न ट्रेड एण्ड सप्लायर्स जेभीस, अल्बेरो मल्टी ट्रेडिङ प्रालिसँग सेटिङ भएको छ ।

सेटिङकै आधारमा उनीहरूको दुई कम्पनीको मात्र सामान प्राविधिक परीक्षणमा पास गरिएको छ । उच्च दररेटमा किनेर करिब ३ करोड रुपैयाँ कमिसन बाँड्ने योजनाअुनसार यसरी चलखेल भएको स्रोत बताउँछ ।

प्रबन्ध निर्देशनालयका केही प्रहरीले प्रहरी महानिरीक्षक दीपक थापा लगायत उच्च अधिकारीलाई समेत गुमराहमा राखेर यसरी सेटिङमा सामान खरिद गर्न लागेका छन् ।

निवेदकले व्यक्तिगत रुपमा पाएको प्रमाण (फोटो) अनुसार निजहरुले गुणस्तर विभागमा पेश गरेको वस्तुमा डल्फिनको चित्र अंकित गोलाकार बुट्टा रहेको छ ।

प्रहरी प्रधान कार्यालयले परिवर्तन गरेको नमूनामा चुच्चे पहाड रहेको बुट्टा रहेको दाबी गरिएको छ । सबैतिर सेटिङ भएपछि यो विषयमा पीडित पक्ष अख्तियार जाने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077