Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

नारायणकाजीले भने – २०८४ मा बहुमतको सरकार बनाएर देशलाई फेर्छौ

नारायणकाजीले भने – २०८४ मा बहुमतको सरकार बनाएर देशलाई फेर्छौ

सोमवार , आषाढ २, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले २०८४ मा बहुमतको सरकार बनाएर देशलाई फेर्ने बताएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा श्रेष्ठले सामाजिक, आर्थिक रुपान्तरणमा तीव्ररुपमा फड्को मारेर समृद्ध नेपाल बनाउने उनले बताए ।

त्यसको प्रतिफल आम जनतालाई दिइने र समाजवादको आधार तयार पारिने उनको भनाई छ ।

२०८४ सालको निर्वाचनमा बहुमत हासिल गरेर माओवादीको सरकार बनाउने उनले बताए ।

महाधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय समिति बनाउने र निर्वाचनमा होमिने बताउँदै उनले भने, ‘अब हामी महाधिवेशनसम्म पुग्दाखेरि केन्द्रीय समितिलाई पनि नयाँ ढंगले विधानअनुरुप निर्माण गरेर नयाँ फड्को मार्छौं । त्यसपछि हामी पूरै चुनावको तयारीमा जान्छौं ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077