Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

अदालत हाजिर भए धवल शम्शेर, अझै सम्पर्कमा छैनन् रविन्द्र मिश्र

अदालत हाजिर भए धवल शम्शेर, अझै सम्पर्कमा छैनन् रविन्द्र मिश्र

सोमवार , आषाढ २, २०८२

काठमाडौं । राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा.धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् ।

उनी अदालतमा हाजिर भएलगत्तै न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान सुरु गर्ने तयारी छ ।

अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार राणा सोमबार बिहान आफैं अदालत आएका हुन् ।

उनको बयान लिएर सकिएपछि बहस हुने र न्यायाधीशबाट थुनछेक सम्बन्धी आदेश आउने छ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अझै सम्पर्कमा छैनन् ।

गत चैत १५ गते राजावादीहरुले तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा प्रहरीले मिश्र र राणालाई पक्राउ गरी मुद्दा चलाएको थियो । राणा र मिश्र हाजिरी जमानीमा छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077